प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडी छनौट १५ गते सहिद स्मृति खेलमैदानमा हुने

0
345

फागुण ११, भक्तपुर । जिल्ला खेलकुद बिकास समिति भक्तपुरले वागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटको प्रक्रिया सुरु गरेको छ । समितिले एक सूचना जारी गर्दै १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा प्रथम चरणमा छनौट भएका छात्र छात्रा खेलाडीलाई सहभागिताका लागि आहवान गरेको छ ।

फागुन १५ गते शहिद स्मृति खेल मैदानमा दिउँसो ११ बजे खेलाडी छनौट हुने

त्यसदिन छनौटमा परेका विद्यालय तथा विद्यार्थीलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिताका लागि पठाइने सूचनामा उल्लेख छ । यही फागुन २८, २९ र ३० गते केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएकाले त्यसमा सहभागिताका लागि प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here