भक्तपुरमा नेपालभाषाको ‘ङेङापा झ्यया दरबार’ बोलको गीत सार्वजनिक

0
402

मंसिर ११ गते, सोमबार

मंसिर ११, भक्तपुर । भक्तपुरमा नेपालभाषाको ‘ङेङापा झ्यया दरबार’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक समारोहबीच उक्त बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।


उक्त बोलको गीतमा जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचना, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीत रहेको छ ।


म्युजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले व्यापक जनताको पक्षमा साहित्य लेख्नु नै साहित्यकारहरुको प्रगतिशील कदम हुने बताउनुभयो । ङेङापा झ्यो म्युजिक भिडियोले विश्व प्रसिद्ध ५५ झ्याल दरबारको प्रचार प्रसार हुने र त्यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।


कार्यक्रमका सभापति एवम् जनकवि दुर्गालाल श्रेष्ठले भाषाको महत्वलाई गम्भीर रुपमा मनन गर्नुपर्ने बताउँदै नेपालभाषा साहित्यिक दृष्टिले पनि निकै समृद्ध भाषा रहेको बताउनुभयो ।
स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीले ङेङापा झ्य दरबारसम्बन्धी गीत ऐतिहासिक र सन्देशमूलक भएको बताउँदै समय समयमा पुराना सम्पदाहरुको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


इतिहास र संस्कृतिका अनुसन्धानकर्ता ओम धौभडेलले ङेङापा झ्यया दरबारको पृष्ठभूमिबारे प्रष्ट पार्दै नेवा संस्कृतिको अध्ययनको निम्ति यो ऐतिहासिक गीतले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।¬
त्यस्तै म्युजिक भिडियोका निर्माता रजनी केसी मानन्धरले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ‘ङेङापा झ्यया दरबार’ नामक म्युजिक भिडियोका गायक सत्यनारायण मानन्धर, निर्देशक विश्वास बज्राचार्य, नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश सायमी, संगितकार लक्ष्मण पलिखेलले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले म्युजिक भिडियोका सम्पूणर् टीमलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here