अन्नका देवी देवता बनाएर भक्तपुरमा सकिमना पुन्हि मनाइदैं

0
414

भक्तपुर । काठमाडौं उपत्यका नेवारहरुको बाहुल्यता रहेको सहर हो । नेवार समुदायका मानिसहरुले हरेक महिनामा कुनै न कुनै चाडपर्व मनाउने गर्दछन् । विशेष गरेर चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा तथा चाडपर्व मनाउने प्रचलन रहंदै आएको छ । आज कार्तिक शुक्ल पूणर्िमा अर्थात् शरद ऋतुको दोस्रो पूणर्िमा । नेपाल संवतअनुसार पहिलो पूणर्िमा रहेको छ । नेवार समुदायमा कार्तिक शुक्ल पूणर्िमाको दिन विशेष हुने गर्दछ । यस दिनलाई सकिमना पूणर्िमा अर्थात नेपाल भाषमा सकिमना पुन्ही भन्ने गरिन्छ ।

सकिमना पुन्ही भनेको के हो ?
कार्तिक शुक्ल पूणर्िममा मनाइने दिन मनाइने सकिमना पुन्ही नेवारहरुको विशेष पर्वको रुपमा रहने गरिन्छ । यसलाई हलिमलि पर्वको रुपमा पनि चिनिन्छ । सामान्य अर्थमा ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । अर्थात सकिमना भन्नाले पिँडालु उसिनेर मनाइने पर्व बुझिन्छ ।


यस दिन भक्तपुरको हरेक मठ, मन्दिर, पाटीमा अन्नहरुबाट विभिन्न देवीदेवतासँग सम्बन्धित चित्रहरु तयार गर्ने गरिन्छ । भुटेको मकै, कालो भटमास, गहुँ, गेडागुडी, स्वारी, मालपुवा आदि सामग्रीहरुबाट आकर्षक चित्र तयार गरिन्छ । जुन हेर्नको लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरिन्छ ।
साथै घरघरमा भुटेको भटमास, मकै, पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने गरिन्छ ।

चित्रहरु कसरी तयार गरिन्छ ?
सर्वप्रथम सफा ठूला कपडा तथा त्रिपालमाथि भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ । त्यसमा आँखा, कान, नाक, टीकालगायत स-साना आकृति कालो भटमासबाट तयार गरिन्छ । चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ ।

कस्ता चित्रहरु बनाइन्छन् ?
यस दिन भक्तपुरको हरेक टोल टोलमा कुनै न कुनै देवदेवीको चित्र पूणर्रुपमा बनाइएको हुन्छ त कुनै प्रतिकात्मक हुन्छ । गणेश, नारायण, भैरव, सरस्वति, महादेव, त्रिशुल, मुसा, हात्ती, चैत्यजस्त विभिन्न चित्रहरु बनाइने गरिन्छ । भक्तपुरको पाँचतले मन्दिरमा बनाइने चित्र भन्ने बढी आकर्षक हुने गरिन्छ । यहाँ विस्का जात्रामा प्रयोग हुने भैरवको रथ र ल्योसिङको चित्र बनाइने गरिन्छ । भक्तपुरमा अन्य ठाउँमा भन्दा यस ठाउँमा बनाइने चित्र सबैभन्दा ठूला हुने गरिन्छ ।

के के गरिन्छ ?
यस दिन भक्तजनहरु विहान देखि नै मन्दिरहरुमा दर्शन गर्न जान्छन् । विशेष गरेर नारायण मन्दिर र शिवको मन्दिरमा घुइँचो लाग्ने गरिन्छ । देवी देवताहरुलाई पिँडालु, सखरखण्ड, मकै, भटमास लगायत गेडागुडी चढाउने गरिन्छ ।
सकिमाना पुन्हीका अवसरमा नेवार समुदायका गुठी र दाफाभजन खलःले आ-आफ्नो टोलमा रहेका मन्दिरको अगाडि भुटेका मकै, मटमास र गहुँले देवीदेवताको प्रतिमा बनाई मालपुवा र पुरीले सजाएर भजनकीर्तन गर्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here