काठमाडौं- आगामी २७ मंसिरदेखि काठमाडौं महानगरपालिका भित्र सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रुपमा निषेध गरिने भएको छ। मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाइएको छ।
सूचनामा भनिएकाे छ—सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने र कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ।
यस्ताे छ सूचना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1


















