मंसिर १५, भक्तपुर । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबारको निर्णयानुसार शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाइएको हो।
निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ। पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ प्रतिलिटर घटाइको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















