कार्तिक, २३, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोकामा खाद्य पसल अनुगमन गरियो । तिहारलाई लक्षित गरी पसलहरुमा बारुद्धपटक बेचविखन लयायत अनुगमनमा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र विना खाद्य सामान प्याकेजि· गरी विक्रि वितरण गरेकोले प्याकेजि· सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा नवदुर्गा स्वीट एण्ड चार्द हाउसमा प्याकेजि· सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, भान्छा कोठा सरसफाई गर्न, खानेकुरा र मिठाई झिगांले नभन्किने गरी जालीले छोपेर राख्न, मिठाइमा रंग बढी नहाल्न र पेटीमा सामान र पकाउने चुल्हो नराख्न निर्देशन दिई रंग बढी भएको लड्डु २ केजि, निम्की साढे एक केजि, पापड साढे दुई केजि, रसबरी, लालमोहन र छिन्नापानी ६ बट्टा नष्ट गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
जय माता जी फ्रुड सेन्टर म्याद नाघेको र विग्रेको सामानहरु रियल जुस २०० मिलि को ५ वटा, केरा २ दर्जन, अचार ४ वटा जफत गरी नष्ट गरियो भने प्याकेजि· सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सुचि राख्न र पेटीमुनि सामान नराख्न पटक पटक दिएको निर्देशन पालाना नगरेकोले तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
भक्तपुर मिनिमार्ट प्याकेजि· सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न विगतमा निर्देशन दिएको पालना नगरेको र खरिद विल अनुसार बीस प्रतिशत भन्दा कम मात्र नाफा राखी विक्रि वितरण गर्नुपर्नेमा पच्चीस प्रतिशत नाफा राखी विक्रि वितरण गरेको पाइएकोले कार्यवाहीको लागि तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
भक्त वी स्टोरमा पसल नविकरण गर्न, म्याद नाघेको सामानहरु सनपापड १० पाकेट, २५० मिलिको कोकाकोला र फाण्टा १/१ वटा जफत गरी नष्ट गरियो ।
त्यस्तै बलराम मुनाकर्मीको किराना पसलको दर्ता प्रमाणपत्र लिई कार्यालयमा उपस्थित हुन र निर्देश स्टोर २०७७ साल पछि नविकरण भएको नदेखिएको र जफत गरिएको सामान सालाखाला छ हजार रुपैंया बराबर भएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्यहरु रोशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी राम विनोद यादव, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना र राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।
सुकुलढोकामा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र विना खाद्य सामान प्याकेजिङ गरी विक्रि वितरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















