सुपथ मूल्य पसलमा २ के.जी. चिनीको रु १९४ रुपैया मात्रः चिनी किन्नेको भिड

0
503
सुपथ मूल्य पसल
सुपथ मूल्य पसल

कार्तिक २२, भक्तपुर । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सुपथ मूल्य पसल रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्नहरु बिक्रि वितरण हुदैं आइरहेको छ भने सुपथ मूल्य पसलमा उपभोक्ताहरुको दैनिक भिड हुने गरिएको छ ।

यसै क्रममा भक्तपुरको एक मात्र आधिकारिक विक्रेता रहेको सुर्यविनायकमा पनि दैनिक जसो चिनी किन्नेहरुको घुइँचो लाग्ने गर्दछ । बजारमा अहिले चिनीको हाहाकार रहेको बेला उपभोक्ताहरु चिनीको लागि भक्तपुरको सुर्यविनायकमा धाउने गरेका छन् । उपभोक्ताले २ के.जी. चिनी रु १९४ रुपैयामा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन ल्याएको हो ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here