वंशगोपालमा बजार अनुगमनमा म्याद नाघेका सामानहरु जफत गरी नष्ट

0
1322
बजार अनुगमन
बजार अनुगमन

कार्तिक २२, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बशंगोपालमा खाद्य पसल अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको सामानहरु धेरै भेटाएकोले जफत गरी नष्ट गरेको संयोजक गोराले बताउनुभयो ।

अनुगमनमा राजाराम किराना स्टोरमा म्याद नाघेको सामानहरु कुकिज चेरि बिस्कुट १ पाकेट, चोको लेक चलकलेट २० पाकेट, पशुपति पापड २ पाकेट, रियल जुस २६ वटा, वाइवाई चाउचाउ १८ पाकेट, चोको मिल्क ३ पाकेट, अमिलो १ पाकेट, जिरा कुकिज विस्कुट १ पाकेट, बिएमसि मसला ४ पाकेट, हाल्डिएनस् दालमोठ ९ पाकेट, केशब बेशन ३ पाकेट, जस्मिन तेल ५ वटा, शिब शंकर दालमोठ १ पाकेट, कोकोस ५ वटा, न्युट्रिक्रन्च क्रेकर ६ पाकेट, रुक्स ८ पाकेट, खजुरा ८ पाकेट, फेबियन चकलेट ६ पाकेट, नेस्को मिल्क १ वटा, जेल २ वटा, अचार ५ वटा जफत गरी नष्ट गरियो भने निजले नगरपालिकाको दर्ता प्रमाणपत्र नभएकोले दर्ता प्रमाणपत्र लिई तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

त्यस्तै अजिमा स्टोरमा म्याद नाघेको सामानहरु जोन्सन बेबी पाउडर ३ वटा, पोस्टल हेयर तेल १ वटा, जोन्सन बेबी तेल २ वटा, अलैची आधा के.जि., सोना पापड १ पाकेट जफत गरी नष्ट गरियो भने प्याकेजि· सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, तराजु नविकरणको कागजात, खाद्य अनुज्ञापत्र र दर्ता प्रमाणपत्र लिई तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

त्यस्तै इश्वर स्टोरमा म्याद नाघेको सामानहरु मेथि, बेकिङ सोडा, गरम मसला सानो सानो पाकेटको एक एक पट्टा, मसरुम सुप ८ पाकेट, अमिलो ४ पाकेट, लेयज् ९ पाकेट, क्रेकर चिप्स ११ पाकेट, चना ७ पाकेट जफत गरी नष्ट गरियो भने पसल दर्ता प्रमाणपत्र देखिने गरी पसलमा राख्न, म्याद नाघेको सामानहरु छुट्टै बोरामा राखेर ग्राहकले सामान लिने ठाउ“मा नराख्न निर्देशन दिएको राज्य स्टोर, लक्ष्मी नारायण किराना स्टोर, रोयम किराना पसल, रमेश स्टोरमा पनि अनुगमन गरेकोमा सालाखाला पन्ध्रह हजार रुपैंया बराबरको सामान बरामद गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।

अनुगमन समितिका सदस्यहरु रोशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भगउर प्रसाद हरिजन, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
4
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here