कार्तिक २२, भक्तपुर । भक्तपुर नगरपालिका ४ नं. वडा कृषि समितिको आयोजनामा वडाका कृषकहरुले गरी आएको खेत तथा बारीको माटो परीक्षण शिविर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो ।
उक्त शिविर कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका कृषि समितिका संयोजक तथा भक्तपुर नगरपालिका ३ नं. वडाका वडा अध्यक्ष श्री राजकृष्ण गोराले हाम्रो स्वास्थ्यमा रोग लाग्दा खेरी हामी अस्वस्थ भई काम गर्न सक्दैन भन्ने जस्तै माटोमापनि रोग लाग्दा हामीले भने जस्तै बाली उत्पादन गर्न सक्दैन । माटोलाई पनि परीक्षण गरि उपचार गरे मात्र हामीले आशा गरे जस्तो बाली उत्पादन गराउन सकिन्छ । हामीले रासायनिक मलको लागि परनिर्भर हुनु परेका कारण भक्तपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन गरि प्रति बोरा रु.३५०/- ले वडा र सहकारीहरुबाट कृषकहरुलाई वितरण गरिरहेको कुरा जानकारी गर्नु भयो भन्ने कृषि विशेषज्ञ रवि ख्याजूले माटो परीक्षण गर्नु पर्ने कारणहरु बारे र माटो परीक्षण गर्न खेतको आकार अनुसार माटो निकाल्ने तरिका परीक्षण पश्चात आवश्यक उपचार गर्नु पर्ने बारे जानकारी गराउनु भयो ।

वडा अध्यक्ष श्री उपेन्द्र सुवालज्यूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापतिको आशनबाट नगरपालिका र वडाका विभिन्न कार्यहरु बारे र हाल युद्ध भईरहेको प्यालेस्टाइन माथि इजरायलले गरिहेको अमानवीय आक्रमण बारे बताउनु भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका ४ नं. वडा कृषि समितिका संयोजक कृष्ण सुन्दर प्रजापतिले स्वागत मन्तव्य र पूर्व वडा सदस्य राजेन्द्र माकले सञ्चालन गर्नु भयो ।



















