स्वाधीनताको आकाशमा
उदाएकोे सूर्य
प्यालेष्टाइनमा डुबायो ।
इजरायलको आक्रमणले
राष्ट्रियताको आँखा
प्यालेष्टाइनमा भिजायो ।
छैन समाजकल्याण, विकास र प्रगति
मानवीयता र मानवतावाद पंगु बनाई
प्यालेष्टाईनमा शान्तिको प्वाँख काटियो ।
रकेट हान्छ, मिसाइल आक्रमण
बमबारी, विद्रोह र गृहदाह
प्यालेष्टाइनमा युद्ध भत्कायो ।
तिमिले पाउँछ
घरवार विहिनको विद्रोह
प्यालेष्टाइनमा दबायो ।
रामकृष्ण प्रजापति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















