कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेपछि मण्डनदेउपुरमा आज कर्मचारीलाई ‘थकान’ बिदा

0
195

असोज ४, काभ्रेको मण्डनदेउपर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थाहरुलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

यस्ताे छ सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here