खबरदार साम्राज्यवाद

0
298
खबरदार साम्राज्यवाद

सत्यराम कासिछ्वा

तिम्रो इतिहास
विगतदेखि वर्तमानसम्म
पनि अरुको सम्पत्तिमा
आँखा गाड्नु हो
खबरदार साम्राज्यवाद

गरिबीको चपेटामाथि
आर्थिक सहयोगको नाउँमा
हस्तक्षेपकारी नीति
तिम्रो मूलमन्त्र
खबरदार साम्राज्यवाद

कसैलाई अपहरण र हत्या
त कसैलाई मृत्युदण्ड
के यहीँ हो तिम्रो
उन्नत प्रजातन्त्र
खबरदार साम्राज्यवाद

हरेक राष्ट्रको सार्वभौमसत्ता
कब्जा गर्दै आफ्नो कानुन
योजना लागु गर्न खोज्नु
अन्तर्राष्ट्रिय अपराध हो
खबरदार साम्राज्यवाद

व्यापार व्यवसाय
तिम्राे अपार हुने नीति
अनुरुप युद्ध र सन्त्रास फैलाउने
तिमी युद्ध अपराधी हाै
खबरदार साम्राज्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here