वडा नं २ मा वडा तथा नगरस्तरीय योजना छनौट कार्यक्रम

0
299

भक्तपुर, जेठ ५ । भक्तपुर नगरपालिका वडानं. २ को आयोजनामा आ.व. २०८१/८२ को लागि वडा र नगरस्तरीय योजना छनौट सम्बन्धि भेला कार्यक्रम सोमबार सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरि प्रसाद बासुकलाले स्थानीय जनताको सुझाव अनुसार विकास निर्माणका योजना छनौट गरी जनताको आवश्यकता अनुसार विकास निर्माणका कार्यहरु गरिदै आएको चर्चा गर्नुभयो । उहाँले वडा मार्फत हुदैं आएका विभिन्न गतिविधि तथा विकास निर्माणका बारेमा समेत प्रष्ट पार्नुभयो ।

भेलामा वडावासीहरुले भक्तपुर नगरमा रहेका व्यायामशाला व्यवस्थित तथा मर्मत सम्भार गर्नुपर्ने, शहरी जनस्वास्थ्य सेवा कक्ष व्यवस्थित गर्नुपर्ने, कासन खोला सफा गर्नुपर्ने, कालिघाटमा सिसिटिभी जडान गर्नुपर्ने, देकोमिवा जग्गा एकिकरण आयोजना चाँडै सम्पन्न गर्नुपर्ने र आयोजनाको नयाँ बाटोहरुमा सडक बत्ति जडान गर्नुपर्ने, किसानहरुलाई समयमै मल तथा बीउ वितरण गर्नुपर्ने, स्थानिय पाठ्यक्रम परिमार्जन गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here