जेठ १६ र १७ गते भक्तपुर उत्पादन मेला हुने

0
557

भक्तपुर, जेठ ५ । घरेलु उद्योग संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा जेठ १६ र १७ गते भक्तपुर उत्पादन मेला – २०८२ हुने भएको छ ।
भक्तपुर नगरपालिका वडा नं २ स्थित नः पुखु परिसरमा हुने उक्त मेलामा भक्तपुरका रैथाने उत्पादनहरू काष्ठकला, हस्तकला, ख्वप बजी जु जु धौँ, घरबुना कपडा बुनााई, माटाका भाडाहरू, धातुकला लगायत अन्य शुद्ध घरेलु उत्पादनका सामानहरु प्रदर्शनी रहने जनाइएको छ ।
भक्तपुरमा रहेका परम्परागत लघु , घरेलु उद्योगबाट उत्पादित मौलिक बस्तु तथा सेवाहरूलाई पर्यटनसंग जोडी मेला मार्फत संम्बर्धन प्रबर्ध्दन गर्ने उदेश्यले संचालन गर्न लागेको उक्त मेलामा भक्तपुरका मौलिक नेवारी खानाका परिकारका स्टलहरू रहने आयोजक समितिले जानकारी दिएको छ । मेला बिहान १० देखि बेलुका ६ बजे सम्म हुने र प्रवेश निः शुल्क रहेको छ ।
भक्तपुर उत्पादन मेला उद्योग तथा वाणिज्य कार्यालय र Go Local को सहकार्यमा उक्त मेला हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here