सूर्यविनायक नगरपालिकामा युवराज आचार्यले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

0
448

भक्तपुर, जेठ ५ । सूर्यविनायक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा युवराज आचार्यले आजबाट औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ।
नगरपालिकाका मेयर बासुदेव थापा, उपमेयर सरिता भट्टराई तिम्सिनासहित नगरका अन्य कर्मचारीहरूले उहाँलाई आज स्वागत गरेका छन्। स्वागत कार्यक्रममा शुभकामना दिँदै नगर नेतृत्वले आचार्यको कार्यकाल सफल र प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
नयाँ अधिकृत आचार्यले कार्यक्षमता र पारदर्शिता कायम राख्दै नगरपालिका प्रशासनलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here