छोरी, तिमीले बनाएको चित्र हेर्दा
लाग्छ, कुची नै चलमलाएको जस्तो छ ।
आकाश भन्दा ठूलो त्यो निलो कागजमा
बगैंचाका फूलहरु पनि मुस्कुराएको जस्तो छ ।
पारदर्शी सिसा सरी छर्लङ यो प्रकृतिमा
तिम्रो भावना व्यक्त भएको छ ।
नयनमा राखेपनि नबिझाउने त्यो कुचीले
संसार प्रदर्शन गर्ने विचार प्रष्ट पोखेको छ ।
तिमीले छरेका रंगहरुले हाम्रो गाउँ ठाउँको
भिन्न भिन्न रुपहरुको यथार्थ झल्केको छ ।
बाटो बिर्सेर बेथिति लागेकाहरुको कथाहरु यसमा
सुनौलो अक्षरले रेखाहरु कोरेको छ ।
कृष्णप्रसाद सुवाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















