नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थलकाे रुपमा रहेका छ: राजदूत छन सङ

0
72

भक्तपुर, माघ ५ ।

‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रमलाई शनिबार भक्तपुरको दरबार क्षेत्रमा सम्बोधन गर्दै राजदूत छन सङले नयाँ युगको आगमनसँगै नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयाे ।

उहाँले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको र सोही सहमति कार्यान्वयनको सिलसिलामा यस महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै राजदूत सङले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने बताउनुभयो । यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान र सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ उद्घाटन गर्नुको मुख्य उद्देश्य रहेको राजदूत सङले स्पष्ट पार्नुभयो ।

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताउँदै उहाँले यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here