खोजक हरि, ताथली ।
भक्तपुर महोत्सव हेर्न जाउँ हामी
सम्पदाको राजधानी चिनौ ठाउँ हामी ।
नाचगान, बाजागाजा, संस्कृतिको खानी
जुजु धौ, व, चटामरी, योमारी खाउँ हामी
कालोटोपी, हाकुप्रासी, घरबुना राम्रो
भक्तपुर चिनाउने लुगा लाउँ हामी ।
चोक, दबु, मन्दिर र पोखरीको सान
इतिहास सम्झाउने गाना गाउँ हामी ।
भक्तग्राम, भादगाउँ, भक्तपुर, ख्वप
साह्रै राम्रो यो ठाउँको लिउँ नाउँ हामी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















