आजदेखि धरहरा चढ्नलाई पैसा तिर्नुपर्ने, कति तोकिएको छ शुल्क? हेर्नुस् ।

0
529

काठमाडौं, कार्तिक ९ । कार्तिक ९ गते आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि भने पैसा लाग्ने भएको हो । 
स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।
स्वदेशी नागरिकको हकमा भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई  १० रूपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here