भक्तपुर, मंसिर ९ । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस बर्षको दशौ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन भयो । सो अवसरमा श्री श्रेष्ठले देश विकासको मेरुदण्दको रुपमा रहेको लघु घरेलु तथा साना उद्योग नै भएको कारण यस्ता उद्योगलाई जिवन्तता दिन सरकारबाट ठोस कदम चाल्नु पर्ने बताउनुहुँदै यस्ता उद्योग दर्ता नविकरण पनि सहज रुपमा गर्नुपर्ने बताउनु भयो ।त्यसैगरी अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले स्वदेशी बस्तु खरिद ऐन भएतापनि व्यवहारमा लागु नभएको हुन्दा भक्तपुरमा रहेका उद्यमीहरु एकजुट सो ऐन स्थानीय पालिका देखि लागु गराउन दबाव श्रृजना गर्नुपर्ने र त्यसको लागि नेपाल घरेलु तथा साना उद्योग महासंघबाट पनि सहकार्य गर्न बताउनु भयो । कार्यक्रममा भक्तपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष गणेशहरी प्रजापतिले बजारमा अधिकाँश बस्तुहरु स्वदेशी भन्दा विदेशी रहेको कारण हामी सामान खरिद गर्दा पनि सकेसम्म स्वदेशी बस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
उद्योग तथा बाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले उद्यमीलाई कुनै कुराको जानकारी आवश्यक भए कार्यालयमा आई निर्धक्क रुपमा जानकारी गराउन आग्रह गरी आजको कार्यक्रमको आयोजना गरिदिनु भएकोमा भक्तपुर घरेलु तथा साना उद्योग संघ प्रति आभार व्यक्त गर्नुभयो । संघका अध्यक्ष प्रेम खर्बुजाले उद्योग तथा बाणिज्य कार्यालय लगायत विभिन्न संस्थाहरुको समन्वयमा उद्यमीहरु हक हितको कार्यहरु गर्दै रहेको बताउनु हुन्दै भक्तपुर नगरपालिकाको आयोजनामा यही मंसिर २८ गते देखि पुष २ गतेसम्म हुने भक्तपुर महोत्सवमा घरेलु उत्पादन तथा हस्तकला मेला पनि हुने भएकोले सो मेलामा सहभागी हुन अनुरोध गर्नुभयो । साथै मध्यपुर महोत्सव पनि हुने हुँदा त्यहाँपनि सहभागी हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिका सभापति तथा संघ सह सचिव श्रीजना कक्षपतिले घरेलु तथा साना उद्योग बिकासको लागि संघले खेलेको भुमिकाबारे चर्चा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















