नपलीमा भक्तपुर महोत्सव शुभकामना र्‍याली

0
569

भक्तपुर, मंसिर ८ । यही मंसिर २८ गतेदेखि पुष २ गतेसम्म संचालन हुने पाँच दिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शनिवार वडा नं. १ को पश्चिमी क्षेत्र बाहिरी नगरमा सांस्कृतिक टोली सहित शुभकामना तथा प्रचारप्रसार र्‍यालीसहित चोकसभा सम्पन्न भयो ।

उक्त सभाका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जन्मदेखि मृत्युसम्मका भक्तपुरको परम्परागत जीवनशैली, संस्कार र संस्कृतिलाई जर्गेना गर्दै शिक्षामा भएको विशिष्ट परिवर्तनलाई विश्व समुदाय र राष्ट्रिय रुपमा परिचित गराउन महोत्सव गर्न लागेको बताउनुभयो ।

उहाँले महोत्सवबाट स्थानीय रुपमा मनाउँदै आएको सांस्कृतिक परम्परा र त्यसमा प्रयोग भएको स्थानीय खाद्यान्नको महत्व र वैज्ञानिकताबारे अतिथिहरुलाई जानकारी उपलब्ध हुने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा भनपा १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले भूकम्पपछि पून : निर्माण भएका मठमन्दिर र फल्चालगायत १३५ सांस्कृतिक सम्पदा र भाज पुखु तथा रानी पोखरीलगायत अन्य पोखरीहरुको संरक्ष्(णमा भएको प्रगतिबारे जनस्तरमा मूल्यांकन हुने बताउनुभयो ।

उक्त र्याली भक्तपुर नगरपालिका वडा नं. १ को निकोसेरा पुलबाट सुरु भएको र्यालीले १ वडाको पश्चिमी क्षेत्र नगर बाहिरको विभिन्न चोक र टोल परिक्रमा गरी सृजनानगर नपलीमा चोकसभामा परिणत भएको थियो ।
र्यालीमा वडा नं १ मा रहेका सामदायिक र संस्थागत विद्यालय, टिम क्लब, समाजसेवी, बद्धिजीवी तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रह्यो ।

भक्तपुर नगरपालिका वडा नं. १ ले गत मंसिर ५ गते नगरभित्रको १ वडामा र्याली सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here