हेर काईला पैसाकाे फूर्ति लाउन पर्दैन्
गरिव र अनाथलाई आदर गरि ख्वाऊ
अनि त्यो पैसाको महत्व दर्शिन्छन् रे
नगरे त्यो कालो धनको सराप लाग्नेछ
पैसा हातको निरन्तरताको मैला हुन्
एकदिनको खटाईले ज्याला पाउने हो
निरन्तरताको खटाईले नाफामा वृध्दि हुन्छ
आखिर पैसाले गरिवको सेवा गरे धर्म हुन्छ
आखिर पैसाको जम्माले शाेषक कहलिन्छ
गरिव असाहायकाेमा जुटे पु-य हुन्छ
त्यो पैसाले गरिव पढ्ने स्कुल खाेल्नुस्
अजम्वरी तपाईकाे नाम इतिहासमा हुनेछ
धन थुपारेर परिवारको भलाे होला
जनताको निम्ती पैसा लगानी गर्ने हो
आखिर पुस्तकालय वनाउनुस्
तपाईको मनले थामे जस्तो सुखद आनन्द
तपाईको थुप्रेको धनले मन्दिर वनाउनुस्
मनले सकारात्मकतामा परिवर्तन गर्नुस्
तपाईको धनले उर्जा पाउनु हुनेछन्
मन सफा र दीर्घकालिन सेवामा लगाउनुस्
तब धनको महत्वले आनन्द पाउनु होला
पूर्खाको हित र कूलको नाम यसरी हुन्छ
जनता नै तपाईको आनन्दको स्रोत हो
धनको उपयोग यसरी गर्ने हो नाफाले ।


















