तपाईंको खाना पकाउने ग्यास सिलिन्डरको म्याद सकिएको छ भनेर कसरी थाहा पाउने ? जानीराखाै‌ ।

0
184

के तपाईंलाई थाहा छ खाना पकाउने ग्यास सिलिन्डरको म्याद सकिएको छ भनेर ?
♦️एउटा ग्यास सिलिन्डर जुन म्याद सकिएको मिति भन्दा बढी प्रयोग गरिन्छ, त्यसले जोखिम निम्त्याउँछ र वितरकलाई फिर्ता दिइहाल्नु पर्छ ।
♦️भित्रको ग्यास भन्दा म्याद सकिने मिति बुझ्नु महत्त्वपूर्ण छ ।
♦️उपभोक्ताहरूले जहिले पनि ग्यास सिलिन्डर भर्नु अघि यसको म्याद समाप्ति मिति जाँच गर्नुपर्छ।
♦️उपभोक्ताहरूले खाना पकाउने ग्यासको म्याद सकिएको सिलिन्डर प्रयोग गर्नु हुँदैन ।
♦️तपाईंले कुनै पनि खाना पकाउने ग्यास सिलिन्डर किन्नु अघि, सधैं उत्पादन र म्याद समाप्ति मिति जाँच गर्नुपर्छ ।
♦️म्याद सकिएको खाना पकाउने ग्यास सिलिन्डर प्रयोग गर्न सुरक्षित छैन, त्यसैले सावधान रहनुहोस् ।
♦️प्रत्येक सिलिन्डरको टाउकोको घेराको छेउमा ३ वटा ठाडो स्टेम प्लेटहरू ( फलामे पाता ) हुन्छन् । साइड स्टेम प्लेटहरू मध्ये एकमा केही सांकेतिक कोडहरू हुन्छ जुन त्यो विशेष ग्यास सिलिन्डरको म्याद समाप्त हुने मिति हो ।


म्याद समाप्त हुने मिति कसरी पहिचान गर्ने ?
खाना पकाउने ग्यास सिलिन्डरको म्याद समाप्त हुने मितिलाई वर्णमाला क्रम, A B, C D र केही अंकको कोड गरिएको हुम्छ । जुन यसको म्याद समाप्त हुने महिनाको लागि र म्याद समाप्त हुने वर्ष हुन्छ ।
▪️A = January – March
▪️B = April – June
▪️C = July – September
▪️D = October – December
उदाहरणका लागि यदि ठाडो फलामे पातामा D-25 छ भने यसको मतलब, खाना पकाउने ग्यास सिलिन्डर डिसेम्बर 2025 मा समाप्त हुनेछ र यदि B-27 लेखिएको छ भने, यसको मतलब जून 2027 मा समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here