तिमी गर्नु भ्रष्टाचार
नअघाएसम्म भ्रष्टाचार गर्नु
टुबुलमुनिबाट गर्नु या टेबुलमाथिबाट गर्नु
अझै पनि अघएका छैनौ भने
अँध्यारोमा बसेर गर्नु, उज्यालो त बाँकी नै छ
चिया पसलमा बसेर गर्नु
भट्टी पसलमा बसेर गर्नु,
कसले भन्छ र भ्रष्टाचार गर्यो भनेर
सरकार तिम्रै, ठूला पदमा मान्छे तिम्रै
तिमीले लाज नमानी भ्रष्टाचार गरेको छ त
आज देश गहिरो जालमा फसेको छ
माथि उठ्नै नसकिने गरी, बाहिर आउनै नसकिने गरी
भ्रष्टाचारको अगाडि आफ्नो लाज पनि बेचेका छौ
त्यसैले देशका कसैले पनि इमानको गीत गाउन सकेन
आफ्नो इमान बेचेर भ्रष्टाचारी बनेकाहरू
भ्रष्टाचारलाई लुकाउन भ्रष्टाचार गर्न पल्केकाहरू
एक दिन अवश्य त्यस्तो आउनेछ
जुन दिन तिमीहरू विरूद्ध आवाज उठ्नेछ
सत्य र न्यायको पक्षमा जनता उठ्नेछ
र भ्रष्टाचारीहरूलाई धुलो चटाउनेछ
त्यसैले जति गर्नुछ, तिमी भ्रष्टाचार गर्नु
निश्चल, भक्तपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















