प्यालेस्टाइनी संघर्षको कथा

0
248


खुला आकाशमुनि कालो धूवाँ मडारिहेको छ । कहिँ आगोको मुस्लो पनि देख्न सकिन्छ ।आकाशको कुन कुनाबाट कहिले आगोको मुस्लो झर्छ । थाहा नै नहुने रहेछ । शहरमा बम र बारुदले उडेका छानाबिहिन घरहरु मात्र बाँकी छन्।सडकबाट घरका भित्री भित्ता, भान्सा र पलङहरु स्पष्ट देख्न सकिन्छ । भूताहा शहरमा धूलोले श्वास फेर्न पनि मुश्किल छ ।सडकमा इजरायली सेनाको हतियारले सुसज्जित गाडीमात्र देख्न सकिन्छ । झ्याल ढोका र भित्ता विहिन घरहरु मानव कङ्काल सरी उभिरहेका छन्। सडकमा भत्केका घरहरुको भग्नाबशेष मात्र देख्न सकिन्छ । भत्केका घरहरुको कुनैकुनामा महिला, बृद्ध र बालबालिकाहरु लुकेर बसेका देखिन्छन्। इजरायली सेनाले हमासलाई लखेटेको इजरायली समाचार संस्थाहरुले उल्लेख गरिरहेका छन्। अक्टोबर ७ को इजरायलमाथि हमास हमलापछि अन्तर्राष्ट्रिय पत्रकारलाई निषेध गरिएको ठाउँमा म कसरी पुगेँ, मलाई नि थाहा छैन।
प्यालेस्टाइनी युवाहरु पनि कोहि जलेका र घाइते मात्र देखिन्छन्। ती शीरमा केफिया लगाएका घाइते युवाहरु पनि आफ्ना साथी र आफन्तहरुलाई काँधमा बोकेर सुरक्षित स्थानको खोजीमा भौतारिरहेका छन्। पट्टी नहुँदा केफिया नै पट्टी बनेका पनि देखिन्छन्। गोला र बारुद पड्केको आवाज नजिकबाट सुनिन्छ । म अस्पतालको छेउमा उभिरहेको छु । अस्पतालको बोर्ड पनि खसिसकेको छ । घाइतेहरु बस्ने ठाउँ पनि छैन । भुइँमा घाइतेहरु पल्टेका देखिन्छन्। म तिनीहरुको प्यालेस्टाइनियन अरेविक भाषा बुझ्दिनँ । डाक्टर र नर्सहरु पनि उपचारको भागदौेडमा व्यस्त देखिन्छन्। कसैको आँखा रोएर फुलेका छन्, त कोही पीडालेचिच्याइरहेका छन्। कसैको हात छैन, त कसैको खुट्टा मात्र छ । भाषा जुन्भए पनि पिडा र रोदनको भाषा एउटै हुँदोरहेछ । तिनका आँखाहरुले तिनीहरुको मनोदशा बताउँछ र न्यायको माग गर्दोरहेछ ।
गाजा मानव बधशाला त होइन, तर जमिन बधशालमा झै मानब रगतको आहाल छ । आकाशबाट इजरायली जेट विमानबाट साइरन बज्छ । गल्लीहरुमा ट्याङ्क गुडेको सुनिन्छ । अस्पतालका बिरामी तथा घाइतेहरुमा सन्त्रास मात्र महसुस गर्छु । म उनीहरुको भाषा बुझ्दिनँ । अस्पताललाई खाली गर्न उर्दी दिइएजस्तो लाग्छ । कसैले मलाई हात तानेर अस्पताल बाहिर पुर्‍याउँछ । म आँटिदै उनीहरुसँगै लाग्छु । गोली नलागेको र घायल नभएको कुनै मान्छे देख्दिनँ । चिहान बनिसकेको त्यो शहरका गल्लीहरुमा लासहरुलाई हेर्र्दै मलाई बंकरमा लुकाउन लगिन्छ । फेरि आकाशमा हेलिकप्टर उडेको आवाज आउँछ । ठूला स्पिकरबाट मैले नबुझ्नेभाषामा चेतावनी दिइरहेको भान हुन्छ ।
केहिबेर सन्नाटा छाउँछ । अचानक जमिनै काँप्ने गरी आवाज आउँछ । मान्छेहरु चिच्याउँदै भाग्दै गरेको कोलाहल बंकरसम्म सुनिन्छ । बंकरमा रहेका युवाहरु बाहिर हेर्न जान्छन्र घाइतेलाई उद्धार गर्दै भित्रल्याउँछन्। कसैका जीउमा लुगा छैन त कसैका छाला । म डरले थुरथुर काम्छु । युवाहरु दौडिदै बजारबाट सुख्खा राेटीहरु ल्याउँछन । आफूलाई खान नपुग्दा पनि मेरो हातमा पनि एक टुक्रो सुख्खारोटी राखिदिन्छन्। पिउनलाई पानी पनि छैन । केहि वृद्ध महिलाहरु साना बच्चाहरुलाई उनीहरुकै भाषामा कथा सुनाउँछन्। म चाहिँ नाक्बा भनेको मात्र याद गर्छु । सन्१९४८ को इजरायली आकमणको प्रतिरोधलाई नाक्बा भनेको सम्झन्छु । उनीहरु मलाई वातावरण सही भएको भए स्वागत गर्थे होलान्। तर पनि मेरो ख्याल गरिरहेका छन् । म सँग व्यक्त गर्ने शब्द छैन । रणमैदानबाट एक जना बालिकालाई उद्धार गरी म बसेको बंकरमा ल्याइन्छ । त्यो बालिका पहिले त मैले नबुझ्ने भाषामा रोइरहेकी थिइन्। पछि अंग्रेजी भाषामा त्यहाँ बस्ने युवाहरुलाई आफ्ना आमा बुबाको उद्धारका लागि आग्रह गर्न थालिन्। उनीहरुका आँखामा आँसु पिलपिल बगिरहेको थियो। उनीहरु जवाफ दिन असफल भए । मेरो नजिक आएर अंग्रेजीमा हाउ आर यू भन्छिन्। म बोल्न सक्दिनँ । त्यतिकैमा दुई लासहरु सेतो कपडाले बेरेर ल्याइन्छ । अनि त्यो बालिका दौडेर ती लासहरुलाई अँगालो हाल्न जान्छन्। ती लासहरु उनका आमा बाबु थिएनन्। तर पनि अँगालो हाली रुन्छिन्। सायद कुनै आफन्तका होलान्। म अरेविक भाषा नजानेकोमा दुः खी हुन्छु ।
म सोच्न थाल्छु, ती सबै मान्छेहरुले कोहि न कोहि गुमाएका छन्। कसैका पिता छैनन्, कसैका आमा छैनन्अनि कसैका श्रीमान्त कसैका श्रीमती । कोहि सन्तानको लासलाई काँधमा बोकेर हिडिरहेका छन्। दृश्य महादेवले सति बोकेभन्दा फरक छैन । आकुल व्याकुल भई म छट्पटाउँछु । ए राक्षस्, कति सम्म मार्न सक्छौ, मार । तिमी बस्ने यस जमिन तिम्रो होइन । अरुको चिहानमा तिम्रो महल बन्ला । तर ती चिहानका आत्माहरु फेरि बौरिएर आउने छन्र तिमीसँग फेरि लड्नेछन्। न उनीहरुले शान्ति पाए, न तिमीले पाउनेछौ । मनमनै फटफटाउँदै गर्दा फेरि अर्को बम म बसेको बंकरमाथि बज्रिन्छ । मानवता नभएको शहरमा राक्षसहरु चिहानमाथि नाच्दै गर्दा जिससदेखि मुहम्मदसम्म, बुद्धदेखि विष्णुसम्म संसारका सबै देवी देवता अनि संसारका सबै नेता तथा विद्धानसम्म लुथर मार्टिन किङका अनुयायीदेखि मोदीसम्म मौन छन्। जेरुसेलममा नेतान्याहुको युद्ध ताण्डब चल्दै गर्दा शान्तीवादी संयुक्त राष्ट्रसंघ टुलुटुलु हेरिरहन्छ, बाँकी राष्ट्रहरु संयुक्त राष्ट्रसंघलाई हेरिरहन्छ । हेराहेर चलिरहन्छ । सायद शान्तिका लागि नोबेल पुरस्कार नेतान्याहुले पाउन बेर छैन । गाजा जलिरहन्छ । म सपनामै बर्बराउँछु, ए युद्ध पिपासुहरु तिमीहरुलाई रगत चाहिएकै भए आऊ, गाजामा मरेका लासहरुलाई पनि आफ्ना भान्सामा लैजाऊ । रगतको होली वाइन मीठो हुन सक्छ ।
नभए ती लासहरु फेरि बौरिएर आउनेछन्, कसैको चिहानमा बनेको स्वर्ग तिम्रो हुनै सक्दैन । केहि दिनपछि ती लासहरुले तिमी विरुद्ध आवाज उठाउने छन्। तिमीले खनेको चिहानमा तिम्रै लागि ठाउँ हुनेछैन । किनकी चिहानका दुः खी आत्माहरुले तिमीलाई त्यहाँ बस्न पनि दिने छैनन्।
सपनामा म बर्बर्राएको सुनेर छोरी नजिक आई अँगालो हाल्छिन्, बाबा, के भयो? म ब्यूझँदा मेरो अगाडि एउटा पुरानो ल्यापटप थियो। ल्यापटपमा गाजामाथि इजरायलको हमलाबारे एउटा भिडियो चलिरहेको थियो । भिडियोमा प्यालेस्टाइनमा सञ्चालनमा रहेको अन्तिम अस्पताल कमल अदवन अस्पतालमा बम खसेको देखिन्छ । समाचारमा इजरायली रक्षा मन्त्रालयलेकमल अदवन अस्पताललाई रकेटले उडाएको विज्ञप्ती जारी गरिएको सुनिन्छ । विज्ञप्तिको पछाडि चलिरहेको भिडियोमा चार जना घाइते युवाहरु देखाइन्छ ।
अनि म माइकल हार्टले गाउनुभएको एउटा प्यालेस्टाइनी गीत सुन्छु,
हामी अब झुक्दैनौँ
आँखा धर्मराउने सेतो प्रकाश
आज राती गाजामा उज्यालिदो आकाश
मानिसहररु ढाक्न दौडिरहेका छन्
मरेका वा जीवित छन्थाहा छैन
तिनीहरु आफ्ना ट्याङ्क र विमान लिएर आए
आगोको ज्वालाको लिएर
र बाँकी छैन अब केहि
धुवैँ धुँवामा बुलन्द आवाज मात्रै
हामी अब झुक्दैनौँ
रातमा, बिना संघर्ष
तपाईं हाम्रा मस्जिद, घर र विद्यालय जलाउन सक्नुहुन्छ
तर हाम्रो आत्मा कहिल्यै मर्दैन
हामी अब झुक्दैनौँ
गाजामा आज राती
महिला र बालबालिका उस्तै
रातारात नरसंहार
जबकि देशका तथाकथित नेताहररु टाढा बसेर
को सही वा गलत भन्ने बहस गर्दैछन्
तर तिनका शक्तिहीन शब्द व्यर्थ थिए
बमहरु एसिड वर्षा जस्तै खसे
तर आँसु, रगत र पीडा मार्फत
तपाईं अझै पनि धुवैँ धुवाबाट त्यो आवाज सुन्न सक्नुहुन्छ
हामी अब झुक्दैनौँ
रातमा, बिना संघर्ष
तपाईं हाम्रा मस्जिद, घर र हाम्रा विद्यालय जलाउन सक्नुहुन्छ
तर हाम्रो आत्मा कहिल्यै मर्दैन
आज राती गाजामा उज्यालिदो आकाश
मानिसहररु ढाक्न दौडिरहेका छन्
मरेका वा जीवित छन्थाहा छैन
तिनीहरु आफ्ना ट्याङ्क र विमान लिएर आए
आगोको ज्वालाको लिएर
र बाँकी छैन अब केहि
धुवैँ धुँवामा बुलन्द आवाज मात्रै
हामी अब झुक्दैनौँ
रातमा, बिना संघर्ष
तपाईं हाम्रा मस्जिद, घर र विद्यालय जलाउन सक्नुहुन्छ
तर हाम्रो आत्मा कहिल्यै मर्दैन
हामी अब झुक्दैनौँ
गाजामा आज राती
महिला र बालबालिका उस्तै
रातारात नरसंहार
जबकि देशका तथाकथित नेताहररु टाढा बसेर
को सही वा गलत भन्ने बहस गर्दैछन्
तर तिनका शक्तिहीन शब्द व्यर्थ थिए
बमहरु एसिड वर्षा जस्तै खसे
तर आँसु, रगत र पीडा मार्फत
तपाईं अझै पनि धुवैँ धुवाबाट त्यो आवाज सुन्न सक्नुहुन्छ
हामी अब झुक्दैनौँ
रातमा, बिना संघर्ष
तपाईं हाम्रा मस्जिद, घर र हाम्रा विद्यालय जलाउन सक्नुहुन्छ
तर हाम्रो आत्मा कहिल्यै मर्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here