काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
नयाँ परिवर्तन गरिएको नयाँ मूल्य आज बिहानदेखि लागु भएको निगमले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















