नागरिकता !                           

0
167


आमा म व्यापारी होइन
सर्वहारा गरिब नेपाली
त्यसैले मलाई नागरिकता चाहिन्दैन ।
मलाई कहीँकतै चिनाउनु छैन
मैले कहीँकतै पेश गर्नु छैन
त्यसैले त बिदेशीलाई वितरण  गर्न खोज्दैछ  ।
देउ नागरिकता १५ वर्षे व्यापारी बिदेशीलाई
नेपालको राष्ट्रपति, प्रधानमन्त्री र सेनापति बनाउ
मेरो स्वाधीनता र सार्वभौमिकता गुमाउ ।
बाउ विनाको नेपाली म
नागरिकता कुन चराको नाम
वंशज त के अंङ्गिकृत समेत थाहा भएन ।
एनजीओको उक्साहतमा
आमाहरूलाई उचालेर
नारी अधिकारको नाममा नंङ्गाउँदैछ  ।
हो म जस्ताको नाममा
सहानुभूति बटुलेर
विदेशीलाई नागरिकता बेच्दै छन् ।
लेन्दुपपथका शासक नेताहरु
दासमानसिकताका प्रतिपक्षहरु
नागरिकता बिधेयक पास गर्दैछ ।
लुइस १४ को टाउकोको फुटबल खेलेको
लेन्दुपको कुकुरको माैत
फिजिमा महेन्द्र चाैधरीको अपदस्थ ।
त्यसैले खबरदार खबरदार शासक नेताहरु
सारा जनता उठेपछि
बानेश्वरमा फुटबल खेल्नेछ ।
होसियार होसियार विधेयकका मतियारहरु
बादल गर्जेपछि
बर्षातको भेलले तिमीहरू बगाउनेछ ।
भारतीय जनतासंगको सधियाैं पुरानो नाता
इतिहास भन्दा पुरानो सम्बन्ध
खलबलाउन शासकहरु उद्यत हुन्दैछ ।
रोटीबेटीको सम्बन्धमा तुषारापात गर्न
बिबाह हुने बितिकै नागरिकता
भारतमा र कहीँ नभएको जात्रा हुँदैछ ।
बेलायती उपनिवेशबाट ग्रसित
फासीवादी भारतीय शासकहरु
नेपाल सिक्किम बनाउन चाहन्छ ।
नागरिकता बेचेर
चुनाव जित्ने
नेताहरु दिवास्वप्न देख्दैछ ।
विदेशीले नागरिकता लिएपछि
उद्योगीहरु नाङ्ले पसल
नेताहरु नोकर हुनेछ ।
त्यसैले हेक्का रहोस्  सांसदहरू
मालिक बन्ने कि नोकर
उद्योगपति बन्ने कि नाङ्ले पसल ।
     लेखक:- रामकृष्ण प्रजापति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here