सत्तामा लुच्छाछुडी भैरहयो
ठिक ४० वर्ष भयो हेर्नुस्
पालैपालो भोगेकै हुन्
देखेकै हुन् पालैपालोे
एकले अर्कालाई जेलमा जाक्ने
अवसर खोजेकै हो
शत्तामा पनि पालैपालो वसेकै हो
एक आपसमा शत्तामा साझेदारी
कहिले नक्कलि भूटानी शरणार्थी काण्ड
कहिले सहकारी काण्ड
कहिले लतिता निवास काण्ड
को छ र यहाँ चोखो राजनीतिज्ञ
सबै मध्ये कम मात्र इमान्दार हेर,
यो राजनीति कनिष्ठ र अनिष्ठले नसिढेला !
शत्तामा वाँदरले नरिवल पाए झै
जनतालाई नून त सस्तो दिन सकेन्
राजनीतिले के सुख देलान् !
एकजनाले मानिसले परिवर्तन गरेको छ,
समाज सेवीहरू कयौले
राहत दिए सेवा गरेको छ,
खोई शत्ताधारीहरूको नामो निशान छैन्
जनता बलियो हुनुपर्छ
राजनीति जनताले गर्नुपर्छ
ठूला ठालूलाई मौका दिने जनताले होईन्
यहाँ जनताले परिवर्तनको निम्ति फेरि उठ्नुपर्छ
यो देश जनताको होे,
देशको निमाणर् र विकासको लागि जनता नै अगि वढ्नुपर्छ
देख्नु भयो भक्तपुर,काठमाणडौ , ललितपुर र पोखरा
लक्ष्य र उद्देश्य लिएर उठेको जनता साथ चाहिन्छ,
सभ्यता रच्ने र ईतिहास लेख्ने व्यक्तित्व आवश्यक छ,
संस्कृति र साँस्कृतिक धरोहर बचाउने
पुर्खाको जिम्मेवारीता जोगाउने
राजनैतिक व्यक्तित्व आवश्यक छ,
देश वनाउने राजनीतिज्ञ चाहिन्छ
देश कहिले वन्छ,
जनता आशावादी छन्
एक दिन देश किन नवन्ला ?
जनताको सोधाई यहि नेर छ,
गलगाँड बोकेका र
धुमुल राजनीति भनाउँदालाई
कर्कलोको दाँतलाई झै मालामा सुकाएर गाँस्नपर्छ
संङलो राजनीतिले जनताको भलो हुन्छ ?
जनताको जय होस्।
कविता:- सत्तामा लुच्छाछुडी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















