- प्रकाश तजले
म बाबासँगै कारमा काठमाडौंबाट फर्किँदै थिएँ । ट्राफिक लाइटमा कार रोकियो । म एकनासले ट्राफिक लाइटको रातो बत्ति हेर्दै थिएँ । यतिकैमा मैले कक्षामा बनाएको ट्राफिक लाइटको चित्र याद आयो । मेरो टिचरले राम्रो चित्र बनाई ट्राफिक लाइटबारे लेखेकोमा स्याबासी दिनुभएको घटना सम्झिँदै थिएँ । एक्कासी कारको सिसामा कसैले ुध्याप ध्यापु हानेको चर्को आवाजले म तर्सेँ । यसो हेर्छु ( म त कारमा र कार ट्राफिक लाइटमा रोकिएको थियो ।
कसले हाम्रो कारको सिसामा हानेछ भनेर हेरेँ । ८ र १० वर्षकी एउटी केटी हाम्रो कारसँगै उभिएको देखेँ । केटीले तीन(चार ठाउँ टालेको पुरानो कपडा लगाएकी थिई । ऊ हेर्दै फोहारी देखिन्थी । मैले कारको सिसा तल सारें।
तिनको हातले मैले खाँदै गरेको ब्रेडतर्फ इशारा गर्यो । म एकछिन अल्मलिएँ । एकाएक माया लागेर आयो । मसँग भएको ब्रेड र केक दुइटै उसलाई दिएँ । बाबाले पनि पचास रुपैयाँ दिनुभयो । उनी खुशी हुँदै गईन् । एकछिनपछि ट्राफिक जाम खुल्यो र हाम्रो घर फर्किने यात्राले निरन्तरता पायो ।
कारको गतिसँगै मेरो दिमाग पनि गुड्दै थियो । एकनासले त्यही माग्ने केटीको यादले सताइरहेको थियो ।मैले बाबालाई ( ऊ को हो र किन हामीसँग पैसा मागेको होलाू भनेर सोधेँ । बाबाले भन्नुभयो ( ऊ बेसहारा केटी हो । किन मागेर खाएको होला रुु मैले प्रश्न गरेँ । सायद उसको आमाबुवा छैन होला ।( बाबाले भन्नुभयो।उसलाई स्कूल जानुपदैन त रुू फेरी पनि प्रश्न गरेँ।मागेर खानेले स्कूलमा कसरी पैसा तिर्छ त रुु बुवाले प्रतिप्रश्न गर्नुभयो। यस्तो बाबुनानीहरु यो देशमा धेरै छन् रुू म चूप लागेँ । तर मनमा धेरै कुरा खेल्यो । एकछिनपछि फेरी मेरो मन कक्षाकोठामा पुग्यो ।
१६ वर्ष मुनिकालाई बालबालिका भनिन्छ । टिचरले कक्षाकोठामा पढाउनु भएको कुरा याद आयो । प्रत्येक बालबालिकाले लेखपढ गर्न पाउनुपर्छ, खेल्न पाउनुपर्छ, समान अवसर पाउनुपर्छ, राम्रो र पोषणयुक्त खाना पाउनुपर्छ । यी सबै बाल अधिकार भित्र पर्छ। जेहोस् मैले बाल अधिकार धेरै पाएको रहेछु । तर त्यो केटी र उनी जस्ता अरु बालबालिकाले खै त अधिकार पाएको रु म आफैले आफैलाई प्रश्न गर्छु । तर जवाफ मेरो कलिलो दिमागले भेटाउन सकेन ।एक छिनपछि फेरी त्यहीं मायालु अनुहारको याद आयो। के गर्दै होलिन् उनी रु अघि मैले दिएको ब्रेड र केक खाइसक्यो होला कि मनमा अनेक प्रश्नले मलाई प्रहार गर्दै थियो।
अचानक उनी मेरो सामु आईपुगिन् ।
तिम्रो नाम के हो ? मैले उसलाई सोधेँ । मेरो नाम प्राप्ति हो। उसले जवाफ दिई ।
मैले पुनस् प्रश्न गरें ( किन तिमी माग्दै हिँडेको ? तिमीलाई स्कूल जान मन पर्दैन ? खेल्न मनपदैन ? मैले एकपछि अर्को प्रश्न गरें ।उनी अचानक रून थालिन् । मलाई अचम्म लाग्यो । साथै के गर्ने अन्यौल पनि भयो । यतिकैमा उनले आँसु पुछ्दै जवाफ दिइन् ( मसँग पैसा छैन । मलाई हुर्काउने मेरो आमाबुवा पनि म चिन्दिन । तर मेरो सपना र रहरको ठूलो भकारी छ । तर हाम्रो रहर र सपना कसले पुरा गरिदिन्छन् र ? उसले प्रतिप्रश्न गरिन् ।
मैले कक्षामा टिचरले भन्नुभएको कुरा विस्तारै उसलाई सुनाएँ(प्रत्येक बालबालिकाले बाल अधिकार पाउनुपर्छ। नेपालको संविधानले पनि यो कुरा स्पष्ट भनेको छ । त्यसैले यो सरकारको जिम्मेवारी हो ।मेरो कुरामा उसले केही पनि नबुझेको भाव देखाई । मैले उसलाई अझ बुझाउन खोज्दै थिएँ । अचानक कता कताबाट आएर उसलाई एउटा गाडीले हान्यो र गाडी भाग्यो ।
प्राप्ति ईई…….. म चिच्याएँ । बाबाले आत्तिएर कार रोक्नुभयो । मलाई के भयो राजा… को हो यो प्राप्ति ? भन्दै चिन्ता लिएर सोध्नुभयो । म चुपचाप टोलाईरहेँ । म आँत्तिरहेको थिएँ । “म कहाँ छुरु म।। म कहाँ छुरु” आँत्तिँदै मैले सोधेँ । मेरो हालत देखेर बाबा पनि आत्तिनुभयो । हामी घर आईपुग्यौं राजा । अब बिस्तारै तल झर ।बाबाले भन्नुभयो ।
म अलमलमा परेँ । एकछिन मैले दायाँबायाँ हेरें । अनिमात्र थाहा पाएँ ( मैले त सपना पो देखेको रहेछु । मैले भगवानसंग कामना गरेँ कि मेरो यो सपना साकार नहोस् तर त्यो अपरिचित केटीको सपना र रहर चाहिँ पूरा होस् ।


















