६० औं बाल दिवसको अवसरमा मेयरसँग बालबालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
426

भक्तपुर, भदौ २९ । ६० औं बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा मेयरसँग बालबालिका अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले बालबालिकामा गरेको लगाानी कहिल्यै पनि खेर नजाने बताउनुहुदैं संविधानमा बाल अधिकारबारे महत्वपूर्ण ब्यवस्था रहेकोले बालबालिकालाई सुसच्चित गराउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो— “ अनाथ बालबालिका हेर्ने जिम्मा सरकारको हो । समाजवादी देशहरुले बालबालिकाहरुमा लगाानी गर्छ । बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यले प्राथमिकतामा राख्छ । “

प्रमुख प्रजापतिले नगरपालिकाले बालबालिकालाई खेलकुद पूर्वाधार विकास अन्तर्गत कभर्ड हल निर्माण, शारीरिक व्यायमस्थल, खेलकुद प्रतियोगिता गरिदै आएको चर्चा गर्नुहुदैं स्तरीय पुस्तकालय बनाउने लक्ष्यअनुरुप भनपाले जनज्योति पुस्तकालय सञ्चालन, स-साना बालबालिकाको लागि शिशुस्याहार सञ्चालन, विद्यार्थीलाई शैक्षिक ऋणको ब्यवस्था, गरिब जेहेन्दारलाई छात्रवृत्ति वितरण गरिदै आएको बताउनुभयो ।
कार्यक्रममा मार्गनिर्देशन दिनुहुदैं प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्नुपर्ने र समाज परिवर्तनको आधार शिक्षा रहेकोले भनपाले सस्तो र गुणस्तरीय शिक्षामा जोड दिदै देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिदै आइरहको समेत बताउनुभयो ।

प्रमुख प्रजापतिले भ्रष्टाचार शून्य नगर पालिका बनाई पारदर्शिताको नमुनाको रुपमा भनपा उभिएको बताउनुहुदैं भक्तपुरले शिक्षाको जग हाली आज उत्कृष्ट कलेज संचालन गरी उच्च शिक्षा प्रदान गर्दै आएको र अवसरवादी र स्वार्थबाट मुक्त भई विद्यार्थीहरुलाइ समाज र देशको निम्ति काम गर्न उहाँले प्रेरित गर्नुभयो ।

भनपा ७ का वडा अध्यक्ष उकेश कवांले कुनै बेला भक्तपुर शैक्षिक क्षेत्रमा पछाडि परेको ठाउँ अहिले देशकै उत्कृष्ट बन्न सफल भएको र यसमा भक्तपुरका अग्रजहरूको महत्वपूणर् भूमिका रहेको बताउनुभयो । साथै उहाँले पारदर्शिता भक्तपुर नपाको अर्को विशेषता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा भनपा ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले भनपा सबैको साझा स्थानीय सरकार बताउनुहुदैं बालबालिकाहरुलाई आफ्नो नजीकको सरकारसँग नजिकमा राखेर विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

शिक्षा शाखाका प्रमुख साधुराम फुयाँलले भक्तपुर नगरपालिकामा ३५ हजार १४२ जना बालबालिकाहरु अध्ययनरत रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा विद्यार्थीहरुले सम्पदा संरक्षण, हनुमन्ते खोला सुधार, खेलमैदान स्तरउन्नती, विद्यालय डुबान, समावेशी शिक्षा, स्थानीय पाठ्यपुस्तकका बारेमा प्रमुख प्रजापतिसँग जिज्ञासा राखेका थिए भने प्रमुख प्रजापतिले विद्यार्थीहरुबाट आएका प्रश्नको जवाफ दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here