अब राष्ट्रिय परिचयपत्र नम्बर सजिलै खोज्न यसो गर्नुहोस् ।

0
2390

भक्तपुर, श्रावण १३ । राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि लिङ्कबाट नम्बर खोज्न पाउने सुविधा सुरु भएको छ ।
विभागले नागरिकताका आधारमा उक्त व्यवस्था हेर्न मिल्ने व्यवस्था गरेको हो ।
नम्बर खोज्नको लागि Citizen Portal Nepal – Apply for National ID, Check Status | DONIDCR
लिङ्कमा क्लिक गरी नागरिकता विवरणहरू भर्नुपर्ने हुन्छ ।
सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचय नम्बर खोज्न पूरा नाम (नेपालीमा), पूरा नाम (अंग्रेजीमा), जन्म मिति (वि.सं.मा) र नागरिकता जारी मिति भरेपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुन्छ ।
हाललाई उक्त व्यवस्था काठमाडौं, भक्तपुर, ललितपुर र गुल्मी जिल्लाको लागि लागि व्यवस्था रहेको र क्रमशः अन्य जिल्लाबाट पनि हेर्न सकिने व्यवस्था गरेको बताइएको छ ।

याे पनि पढ्नुहाेस ।

सिम कार्डदेखि बैंकमा खाता खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि हुन्छ लागु ?

सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीहरुले अब घरमै बसी राष्ट्रिय परिचयपत्र नम्बर हेर्न सकिने

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here