“जनसंख्या शिक्षामा परियोजना कार्य” विषयक गोष्ठी सम्पन्न

0
267

भक्तपुर, साउन १३ ।

आदर्श आजाद कलेज भीमसेनस्थान भक्तपुरमा स्नातक तह बी.एड. चौथो वर्षका विद्यार्थीहरुको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयक एक गोष्ठी आज सम्पन्न भयो । गोष्ठीका प्रमुख अतिथि कलेजका प्राचार्य श्रीकृष्ण किसीले गल्तिबाट सुधार्दै सिक्दै अगाडि बढ्ने धारणा राख्दै परियोजना कार्यमा आफै प्रत्यक्ष संलग्न भई कार्य गरेमा अझ बढी व्यवहारिक रुपमा सिक्न सकिने कुरा बताउनुभयो । हाम्रो परियोजना कार्यले देश र समाजलाई सहयोग गर्ने खालको हुनुपर्ने कुरा उनले बताउनुभयो ।

विषय शिक्षक कर्णबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न सो गोष्ठीमा त्रि.वि.बाट बाह्य परीक्षकका रुपमा आउनुभएका मान सि. महरा, शिक्षकहरु आशाकुमार चिकंबञ्जार, प्रेमजन थापाले विद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिवेदनहरुमाथि टिप्पणी गर्नुभयो ।

विद्यार्थीहरु आरती त्वानाबासु, सुविना केसी ,रश्मी छुस्याबाग,दिलकुमारी लिम्बु,हेमा कुमारी सार्की,मिनाकुमारी लिम्बु, कविना प्रजापति,चण्डिका तामाङ,सोनियामाया तामाङ,सरिता तामाङ,लक्ष्मीकुमारी शाहले आफ्ले गरेको परियोजना कार्यको प्रतिवेदन प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here