टुक्का

0
383

टुक्का कृष्ण कुमार वैद्य, बनेपा-९, काभ्रे

विश्व शान्तिको अग्रदूत हुन् सिद्धार्थ गौतम बुद्ध,

बुद्ध वाणी पालना गरि होउन् सबैको चित्त शुद्ध ।

फेरिन सक्छ अन्तरालमा प्रकृतिको रूप रङ्ग,

सवमा व्याप्त भर्दछ चाहना खचाखच उमङ्ग ।

निको हुँदैन भन्छन् मुर्खलाई ज्ञानगुणका कुरा,

अल्पज्ञानी हुन्न पुरक अतः गर्छ आधा अधुरा ।

आत्मीयता सद्भावको पर्वलाई रङ्गिन बनाओं,

जिन्दगी रङ्गाएर होली उल्लासपूर्वक मनाऔं ।

फोक्सो सिध्याउन मानिस विनासित्ति अभक्ष्य वाल्छ,

आफू जल्छ आफ्नालाई जलाउँछ जिन्दगी नै फाल्छ ।

बिग्रेका जनताले गर्दाखेरी नेता हुन पाएको,

नेता शासक भएपछि जनताले मार खाएको ।

उज्वल भविष्यको सपना बुनेर पुगे विदेश,

प्रतीक्षा गर्दागर्दै उमेर गयो फुले सारा केश ।

भविष्य बनाउँछु भनेर झन् अन्धकारमा पारे,

युवायुवतीलाई पराईका सस्ता ज्यामीमा झारे ।

लोकतन्त्रमा पनि हुनेखानेकै चल्यो रजगज

भागबन्डा गरि खाइरहे लोकतन्त्रको कबज ।

लोकतन्त्रको हिमायतीले पनि देखाए तमासा,

शकुनि चालमा पारी पल्टाइदिए पर्लक पासा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here