मार्क्स जन्म दिवसको अवसरमा प्रशिक्षण

0
507


भक्तपुर, जेठ १८। भक्तपुर
सिकर्मी सङ्घको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु कार्ल मार्क्सको २०२ औं जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पुँजीवादी व्यवस्थाका शोषकवर्गहरूले काम गरी खाने जनतालाई दुःख दिएकै कारण कार्ल मार्क्सले वर्गसङ्घर्ष र वैज्ञानिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउनुभयो । कम्युनिस्ट पार्टीको घोषणापत्र, अतिरिक्त मूल्यको सिद्धान्त र पुँजीका साथै अन्य विभिन्न कृति प्रकाशित गरी कामदार वर्गलाई सुसूचित पार्ने काम कार्ल मार्क्सले गरेको उहाँले बताउनुभयो । उहाँको विचार र सिद्धान्त विश्वका कामदार जनताकै हितको पक्षमा भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले विचार र सिद्धान्तको राजनीतिले विश्वमा उथलपुथल हुने उल्लेख गर्दै उहाँले मार्क्सले कामदारवर्गको लागि आमूल परिवर्तनको बाटो देखाएको विचार राख्नुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल, सचिव पुण्यराम न्हुछे र सहसचिव कपिल दुवालले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here