ल्वाङ एउटा सदाबहार बासनादार वृक्ष हो । ल्वाङ हामीले दिनहुँ प्रयोग गर्ने मसला हो । ल्वाङको मसला बाहेक आयुर्वे्दिक औषधिमा प्रयोग गरिन्छ । ल्वाङको रुख प्रायस् ८ मिटर देखी १२ मिटर अग्लो हुन्छ । यो बिस्तारै बढ्ने रुख हो । यसको आयु औसतमा १०० बर्ष भन्दा बढी हुन्छ ।
खेती प्रविधि
– ल्वाङ खेती समुन्द्र सतहबाट ६०० मिटरदेखी १८०० मिटर सम्ममा गर्न सकिन्छ । दोमट, रातो, कालो र मलिलो माटो राम्रो हुन्छ । तर बलौटे माटो यसको लागी त्यती राम्रो हुँदैन ।
– विरुवा रोप्दा ५/६ मिटरको फरकमा रोप्नुपर्दछ ।
– विरुवा रोपेको ४/५ बर्षमा ल्वाङ फल्न शुरु गर्दछ । १० बर्ष पुगेको ल्वाङको विरुवाले १५/२० केजी ल्वाङ उत्पादन गर्दछ ।
बजार
नेपाली बजारमा ल्वाङ होलसेलमा १००० देखी १२०० प्रती केजिमा बिक्री गर्न सकिन्छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















