स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्वन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।
रोग लागि सकेपछि उपचारको लागि सम्वन्धित व्यक्तिले आफ्नो बीमा सदस्यता कार्ड लिई आफूले रोजेको स्वास्थ्य संस्था जानु पर्छ। स्वास्थ्य बीमाको मुख्य विशेषता भनेकै अस्पतालमा रुपैयाँ लिएर होइन बरु कार्ड लिएर गई उपचार पाउनु नै हो। स्वास्थ्य संस्थामा सम्बन्धित व्यक्तिले सर्वप्रथम काउन्टरमा आफूले प्राप्त गरेको बीमा कार्ड दिनुहुन्छ र उक्त बीमा कार्डको माध्यमले इमिस प्रणालीमा प्रयाप्त रकम भए नभएको एकिन पश्चात अन्य थप प्रक्रिया अगाडि बढाइन्छ। सिधा अर्थमा भन्ने हो भने नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा अन्तर्गतको सम्पुर्ण सेवा सुविधा मध्ये स्वास्थ्य बीमा सबभन्दा सजिलो र नतिजाउन्मुख सुविधा रहेको छ। आम नागरिकको अप्रत्यासित आर्थिक जोखिम कम गर्ने एक मात्र बलियो र उपयुक्त माध्यम स्वास्थ्य बीमा हो।
तर यदि तपाइको बिमा कार्ड हराएमा सेवा सुविधाबाट बन्चित हुने गर्छ । यसको लागि बिमितले नयाँ प्रतिलिपी कार्ड रु ५०/ दस्तुर तिरी लिनुपर्ने हुन्छ । धेरैलाई थाहा नभएको हुनुपर्छ, नयाँ कार्ड कहाँ र कसरी लिने भन्ने कुरा । यसको लागि तपाई बागमती प्रदेश शाखा कार्यालयमा धाउनुपर्ने हुन्छ । जुन हाल भक्तपुरको नयाँ ठिमिमा सरेको छ ।
स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश शाखा कार्यालय भक्तपुरको हाल कार्यालय रहेको सिर्जनानगर स्थित घर बाट नयाँथिमी स्थित मूलसडकमा रहेको आकाशे पुल बाट उत्तर तर्फ जाने भित्रि सडकको विश्वेश्वर महादेव मन्दिर हुदै जाने पिच सडकको पिपलबोट र ढुंगेधाराको पुर्व तर्फ पर्ने घरमा स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेश भक्तपुरको कार्यालय मिति २०७९ फाल्गुन २८ गतेका दिन देखि सरेको छ ।
हेर्नुहोस सूचना र सम्पर्क नम्बर सहित




















