भक्तपुर नगरपालिका ८ वडा स्थित ख्वप टेलिभिजन भवन परिसरको बाटोमा ढुङ्गा छपाई कार्य उपभोक्ता समिति गठन कार्यक्रममा सम्वोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले संचालन गरको ख्वप अस्पतालले प्रदेशस्तरीय अस्पतालको सेवा दिदैँ आएको बताउनु भयो ।
“ख्वप अस्पतालमा दैनिक ७००–८०० जना विरामीहरुको उपचार हुन्छ । हाडजोर्नीको विशेषज्ञ सेवा सुरु भइसकेको र अव छिट्टै प्रस्तुतिसेवा पनि सुरु हुँदै छ । ख्वप अस्पताल १०० वेड भएको प्रदेशस्तरीय सेवा दिने अस्पताल हो ।” भेलालाई सम्वोधन गर्नुहुँदै नगरप्रमुख सुनिल प्रजापतिले बताउनु भयो ।
शिक्षा, स्वास्थ्य र कला संस्कृति संरक्षण र पुनः निर्माणमा भक्तपुर नगरले गरेको प्रगातिसंगै प्रत्यक्ष रुपमा धेरै नगरवासीको आम्दानी पनि बढ्दै आएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनु भयो । “शुक्रवार र सनिवार दरवार स्वाक्वार, टौमढी लगाएतका ठाउँमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्छ । पर्यटकले चिया, नास्ता र खाना नगरवासीको पसलहरुमा खान्छन् । ख्वप इन्जिनियरिङ कलेजमा पढ्ने ७ हजार विद्यार्थीमा ५ हजार विद्याथी भक्तपुर बाहिरका छन् । ती विद्याथीले पनि नगरवासीकै घरमा डेरा बस्छन् । नगरवासीकै पसलहरुमा आवश्यक सामाग्री किन्छन् ।” प्रमुख सुनिल प्रजापतिले भन्नु भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा योमारी पदर्शन मेला र घरेलु उत्पादन मेला गर्दा धेरै आन्तरिक र बाह्य पर्यटकको उपस्थित भएकोे भन्नु हँदै टोलवासीहरु मिलेर त्यस्तो गतिविधि नियमित गर्न सके अझै राम्रो हुने उहाँले बताउनु भयो ।
भक्तपुर नगरपालिका ८ वडाका वडा अध्यक्ष कृष्णप्रसाद कोजुले वडाको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउन बाराही स्थानबाट पाईप विछ्याउने कार्य गर्दै जगातिसम्म विछ्याउने काम सम्पन्न भइसकेकोे बताउनु भयो । असार अगाडीनै टोलवासीलाई मेलम्चीको पानी खुवाउन लक्ष्य भएको उहाँले भन्नु भयो ।
टोलवासीको भेलाबाट सत्यप्रसाद प्रजापतिको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति र राम प्रजापतिको संयोजकत्वमा ५ सदस्य अनुगमन तथा निरिक्षण समिति गठन गरियो ।
“ख्वप अस्पतालले प्रदेशस्तरीय अस्पतालको सेवा दिदैँ आएको छ।” – नगरप्रमुख सुनिल प्रजापति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















