खलाँदेखि योसिङ्ख्य क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

0
234

चैत २८, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अवसरमा खलाँदेखि योसिङ्ख्य क्षेत्रमा बुधबार सरसफाइ कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्का जात्रा प्रतिस्थाको जात्रा रहेकोले हाम्रो जात्रालाई सभ्य र भब्य रुपमा मनाउनुपर्ने बताउनुभयो । साथै भक्तपुरलाई संसारले नजिकैबाट नियालिरहेको अवस्था भएकोले भक्तपुरको टोल टोलमा हुने जात्रा संचालनमा स्थानीयहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।


त्यस्तै वडा न ९ का वडा अध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा आन्तरिक बाह्य पर्यटकहरु आउने गरेको गरेकोले आ आफ्नो क्षेत्रबाट सरसफाइ गर्नुपर्ने कुरामा जोड दिनुभयो । जात्रा सबैको साझा हुने भएकोले भनपाले बिस्का जात्रा संचालनका लागि सरोकारवालाहरु सङ्ग विभिन्न चरणमा समन्वय गरिदै आएको पनि बताउनुभयो ।


सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र स्थानीय वडाबासीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here