भक्तपुर, चैत २८ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुवात हुँदैछ ।
आठ रात, नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ ।
प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो ।
काठैकाठले बनेको प्यागोडा शैलीमा निर्माण गरिएको भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।
गुठी संस्थान शाखा कार्यालय भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले दिउँसो ३ बजेबाट भैरवनाथको रथ तान्ने कार्यक्रम रहेको जनाएको छ ।
भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु, भैरवनाथको रथ ३ बजे तान्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















