घाइते बाघ जस्तो
गतिभन्दा डरलाग्दो
संसारलाई तस्विर सत्यको
देखाउनु छ प्यालेष्टाईन माथिको
अन्यायअत्याचार, दमन र तहसनहसको ।
आगोभन्दा डर लाग्दो लप्का
छचल्कीएको छालको उल्का
उठि रहेको छ आकाश छुन लाभा
सुस्ताइरहेको छ सूर्य अस्ताउन क्षितिजा
चम्किरहेको छ बिजुली चट्याङ्कको विद्रोहा ।
खाडि मुलुकको वेस्ट इण्डिजको समुद्रीतत्
कोमल मुटुको जीउने आधार तेल भण्डार
निहत्था सोझासिधा जनता मानवअधिकार
बमबर्षा भयो गाजामा निमुखा जनतामाझ
ध्वस्त भयो सुन्दर प्यालेष्टाईन विश्वमाझ ।
निमुखा जनताको आँसुमा खेल्ने जातिवाद
रगत चुस्ने, मासु खाने, जातिय सफाया फासिवाद
निर्दोष बालबालिकाहरु विलय भयो बालकवाद
स्वाभिमानको मुर्दाहरु लिएर पुग्यो मानवतावाद
सबै तहस नहस भयो सतिले सरापेको भाग्यवाद ।
तर, योजनाकारहरुको योजना
साम्राज्यवादका साम्राज्य चिरेर ताण्डव देखाउन
दिनदिनै भरोसालाई जीवित राख्न
स्वाधिनता लिएर आएको छ प्यालेष्टाइनी टुहुरा
सार्वभौमिकता बोकेर आएको छ प्यालेष्टाइनी विधुवा ।
बाघको छाला ओढेको स्याल खाडी मुलुकमा
नरभक्षक इजरायल साम्राज्यको आँचलमा
त्यहि बेला जन्म दियो हमासलाई प्यालेष्टाइनमा
छिट्टै बर्षिने बर्षात भएर बमबारुद्धको आगोमा
मृत्युलाई जित्ने मृत्युञ्जय भएर युद्ध मैदानमा ।
सामन्त तानाशाही विरुद्ध प्रतिशोधको ज्वालामूखीमा
सत्रु विरुद्ध विचारले सु-सजित बन्दुकधारी युद्धभूमिमा
आगोको विखण्डन चिरेर आश्चर्य सहितको प्रतिशोधमा
जित्नु छ विश्वलाई वैचारिक र सैद्धान्तिक युद्धमा
देखाउनु छ संसारलाई प्यालेष्टाइन रंगमञ्चमा ।
आटोमबम जस्तै विष्फोट गर्ने वीर सरह
साम्राज्यवादी अमेरिकालाई चुनौति सरह
नरसंहारी युद्ध पिशासु साम्राज्यलाई हाँक सरह
इजरायललाई पैतलाको धुलो सरह
फिर्ता लिने छ प्यालेष्टाइन देश स्वाभिमानी सरह ।
प्यालेष्टाइनी वीरको कथा सुनेछ
विश्वका न्यायप्रेमी जनता
प्यालेष्टाइनी वीरको सिनेमा हेर्नेछ
विश्वका कामदार जनता
प्यालेष्टाइन प्यालेष्टाइनीको हुनेछ
विश्वका जनताको कामना, नयाँ बर्षको शुभकामना ।
रामकृष्ण प्रजापति


















