आज राष्ट्रिय नेपाली टोपी दिवस

0
148

पुष १६, काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ।
नेपालमा वि स २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रूपमा मनाउन थालिएको हो ।
नेपालीहरुमाझ लोकप्रिय टोपि आजभोलि विदेशीहरुको माझामा पनि आकर्षण रहेको छ ।


विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्।

यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ। सामाजिक संजालमा पनि टोपी लगाएर टोपी दिवस मनाउने नेपालीहरुको जमात बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here