कविता : युद्धमा संघर्षको आवाज उठाऔं विश्वका न्यायप्रेमीहरु

0
173


युद्ध र संघर्षको बीचमा
जीउँदै मार्छ बाकी रहन्छ सपनाहरु ।
मिचेको देश र स्वाधिनताको बीचमा
भई रहन्छ प्यालेष्टाइनको संघर्षहरु ॥

जैतुनको बगैचा र मरुभूमिको देशमा
बोल्न सक्दैनन् व्यथाका कथाहरु ।
आक्रमणले भएको धेरैको हत्यामा
आत्म सर्मपण गर्दैनन् प्यालेष्टानी शीरहरु ॥

गाजाको किनारदेखि वेस्टबैंकको पहाडमा
शान्तिको निम्ति आउने शुभकामनाहरु ।
सार्वभौमिकतासंगै जीउने मर्ने बाचाहरुमा
अन्याय विरुद्ध संघर्ष गर्ने प्यालेष्टाइनीहरु ॥

हसिलो बालबालिकाको बन्द मुस्कानमा
सबैतिर बमबारी र गोलाबारीहरु ।
सपनाको अकासमा उड्ने चराचुरिङ्गीमा
खोजिरहेको छ स्वाधिनता युद्धमा बालकहरु ॥

एउटा कथा स्वतन्त्रताको शरणार्थी शिविरमा
शोषितहरुको मुक्तिमा नयाँ पुस्ताहरु ।
फर्काउन हक अधिकार मरिरहेको इच्छाहरुमा
देश जोगाउन कहिल्यै नथाक्ने प्यालेष्टाइनीहरु ॥

अवाज उठाऔं विद्रोहको विचमा
खुल्ला आकाशमा मागि रहेको छ न्यायहरु ।
एकजुत हुने आवाज टाढा टाढाको बीचमा
प्यालेष्टाइनीहरुको संघर्षमा साथ दिने मानवताहरु ॥

शान्ति हुनुपर्छ एकसाथ मनमष्टिष्कमा
न्यायको निम्ति संघर्ष गर्ने प्यालेष्टाइनीहरु ।
स्वतन्त्रताको झण्डा नफहराएसम्म प्यालेष्टाइनमा
युद्धमा संघर्षको आवाज उठाऔं विश्वका न्यायप्रेमीहरु ॥

 रामकृष्ण प्रजापति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here