मंसिर २०, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं -९ ताथलीले घरदैलो नर्सिङ सेवा शुरु गरिएको वडा अध्यक्ष गणेश त्यातले सामाजिक संजाल मार्फत जानकारी दिनुभएको छ । वडा अध्यक्ष त्यातले चाँगुनारायण नगरपालिकाका ९ वटा वडाहरु मध्ये वडा न ९ ताथलीमा एकल प्रयासमा उक्त कार्यक्रम ल्याएको समेत जानकारी दिनुभएको छ ।
गत मंसिर १६ गतेबाट सुरु भएको घरदैलो नर्सिङ सेवाबाट हालसम्म करिव २०० जनाभन्दा बढी लाभान्वित भएको बताइएको छ ।वडा अध्यक्ष त्यात नेपाल मजदुर किसान पार्टीबाट जन निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















