आदर्श आजाद माविमा अवकाश प्राप्त शिक्षकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

0
175
आदर्श आजाद माविमा अवकाश प्राप्त शिक्षकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

भक्तपुर, असोज १५ । आदर्श आजाद माध्यमिक विद्यालय, भक्तपुरमा अनिवार्य अवकाश प्राप्त गरेका शिक्षकहरु राजेन्द्रबहादुर कायष्ठ र आशाकुमार चिकंबञ्जारको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले सेवा निवृत्त शिक्षकहरुलाई बधाई तथा सम्मान ज्ञापन गर्दै निवृत्त भए पनि शिक्षकहरु बौद्धिक प्राणी भएकोले अनौपचारिक रुपमा निरन्तर सक्रिय हुने कुरामा विश्वास व्यक्त गरे ।
बिजुक्छेंले अवकाश पाएका शिक्षकहरुबाट नयाँपिढीका शिक्षकहरुले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गर्दै शिक्षकहरुले आफूलाई अर्गानिक बुद्धिजीवीको रुपमा समाजमा स्थापित गर्नुपर्ने बताए ।

सो कार्यक्रममा सेवा निवृत्त शिक्षक राजेन्द्र बहादुर कायष्ठले आफूले ४० वर्षको शिक्षण कार्यबाट कमाएको भनेको नै विद्यार्थीहरु भएको बताउँदै आफ्नो शैक्षिक अनुभव सुनाएका थिए ।

कार्यक्रममा सेवा निवृत्त अर्का शिक्षक आशाकुमार चिकंबञ्जारले औपचारिक रुपमा अवकाश भए पनि शैक्षिक सामाजिक क्षेत्रमा सक्रिय रहने कुरा ब्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीको सभापतित्वमा भएको सो कार्यक्रममा सहायक प्र.अ चक्रबहादुर चाकतु र शिक्षक राकेश सकुपायोले समेत आफ्नो मन्तव्य ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here