भगवानकाे मुकुण्डो बनाउने पूर्ण चित्रकार काे हुन् ?

0
325
Nawadurga Bhawani

कला र सा“स्कृतिक सम्पदामा धनी भक्तपुर नगर तचपाल, बसिकुलाँमा नवदुर्गाको मुकुण्डो बनाउँदै आउनुभएका पूर्ण चित्रकारको पिता कान्छा चित्रकार र आमा पञ्चमाया चित्रकारको कोखबाट जेठा छोराको रुपमा २००३ पुस २३ गते जन्म भएको हो ।

हाल भ.न.पा. ६, याछेँ बस्दै आउनुभएका उहाँले औपचारिक रुपमा शिक्षा हासिल गर्न नपाए तापनि परिवारको पुख्र्यौली पेशा मुकुण्डो बनाउने काम १३÷१४ बर्षको उमेर हुदाँ देखि गर्दै आउनुभएको छ । उहाँले अग्रज बिष्णु बहादुर चित्रकारबाट मुकुण्डो बनाउने काम सिक्नु भएको थियो । बिशेषतः नवदुर्गा जात्रामा प्रयोग हुने मुकुण्डो, बिस्का जात्राको रथ तथा पुलुकिसी जात्रामा पुलुकिसीको सुडमा रङ्ग रोगन र चित्र कोर्ने काम गर्दै आउनुभएको छ ।

नवदुर्गाको मुकुण्डो

पुलुकिसीको सुडमा रङ्ग रोगन र चित्र कोर्ने काम गर्दै

नवदुर्गाको मुकुण्डो तयार पार्न परिवार सबै मिलेर ३ महिना समय लाग्ने बताउनुहुन्छ । नवदुर्गाको मुकुण्डो बनाउन करिब ४ लाख लाग्ने बताउनुहुन्छ ।

मुकुण्डो बनाउन बिशेष प्रकारको माटो (बोःचा) प्रयोग हुने र आजभोली पाउन गा¥हो भएको बताउनुहुन्छ । परिवारका सदस्य बाहेक अरुले गर्न नहुने हुँदा नयाँ पुस्तालाई हस्तान्तरण गर्न गा¥हो भएको बताउनुहुन्छ । आफ्नो पुरै जीवनकाल यही पेशामा बिताउनु भएका उहाँले मुकुण्डो बनाउन आर्थिक अभाव हुँदै आएकोले आफ्नो पुख्र्यौली पेशा समस्या परेका बताउनुहुन्छ । उहाँका ३ छोरा ३ छोरी छन् । भक्तपुरको पहिचान कला र साँस्कृतिक सम्पदा जोगाई राख्न सम्बन्धित निकायबाट पर्याप्त सहयोग नपाएको गुनासोे व्यक्त गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here