भक्तपुरमा आज पुलुकिसी जात्रा हुने

0
163

असोज १६, आठ दिन सम्म मनाइने इन्द्र जात्राको अन्तिम दिन आज पुलुकिसी जात्रक हुने भएको छ । भक्तपुरको लाकुलाछें टोलबाट सुरु भई पोटरी स्क्वायर, नासमना, इटाछें, दरबार स्क्वायर, बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी, इनाचो, गोल्मढी हुँदै टौमढी हुँदै लाकुलाछेंमै पुगेर जात्रा सम्पन्न हुने गर्दछ ।

लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पूजा गर्न लगाई जात्रा सुरु गरिन्छ । । नगर परिक्रमा गराउने क्रममा एक जनाले पुलुकिसीको अगाडि घन्टा बजाउँदै पुलुकिसी आएको संकेत गर्दछ । जात्रामा परम्परागत बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गरिन्छ ।

जात्राका क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाइने, दरबारस्क्वायरमा आगो तपाउने र सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । पुलुकिसी जात्रासँगै आकाश भैरवको खट जात्रा, याँमता (आकासेबत्ती) र तीन दिन मनाइने मूपात्र जात्रा समेत सम्पन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here