ख्वप साकोसमा एआई टुल्स सम्बन्धी व्यावहारिक तालिम सम्पन्न

0
115


भक्तपुर, २०८३ जेठ २ गते ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा शनिबार “AI Tools को व्यवहारिक ज्ञान तथा सीप विकास” सम्बन्धी तालिम सम्पन्न भएको छ।
कार्यक्रममा प्रशिक्षक श्रीराम कासिछ्वा ले AI Tools को प्रयोगात्मक अभ्यास गराउँदै अहिलेको डिजिटल युगमा AI केवल प्रविधिको साधन मात्र नभई सिर्जनात्मकता, व्यवसाय, शिक्षा र सामाजिक सञ्जाल व्यवस्थापनको महत्वपूर्ण माध्यम बन्दै गएको बताउनुभयो। उहाँले “सही तरिकाले AI को प्रयोग गर्न सके कम समयमै गुणस्तरीय content तयार गर्न सकिन्छ, जसले युवापुस्ताको सीप र रोजगारीका अवसरसमेत विस्तार गर्न मद्दत पुर्‍याउँछ” भन्दै सहभागीहरूलाई AI को सकारात्मक र जिम्मेवार प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा अतिथि समाजसेवी गणेश प्रसाद सुवालले नयाँ पुस्ताले आधुनिक प्रविधिसँगै विश्व इतिहास तथा राजनीतिक इतिहासबारे पनि जानकारी राख्न आवश्यक रहेको उल्लेख गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी अतिथि ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले सरकारले सबै सहकारी संस्थालाई एउटै दृष्टिकोणबाट हेर्नु उपयुक्त नभएको बताउँदै समुदायमा आधारित सहकारीहरूले सदस्यहरूको आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो।
ख्वप साकोस शिक्षा उपसमितिका संयोजक राजाराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा उपसमितिका सदस्यहरू केजि आचार्य र सीता याकामिले पनि यस्ता सीपमूलक तालिमले युवापुस्तालाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो भने प्रशिक्षक श्रीराम कासिछ्वालाई संस्थाका अध्यक्ष राजकुमार लघुले मायाको चिनो प्रदान गर्नुभएको थियो।
तालिममा ३२ जना सहभागीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here