नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर”

0
84


भक्तपुर, जेठ १। बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर” नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भयो ।
पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिनाको एक शुक्रबार नियमित रूपमा पुस्तकको चर्चा परिचर्चा गरिँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे का.रोहित ले वि. सं. २०५९ मा सय वर्षपछिको भक्तपुर नामक पुस्तक पहिलोपटक प्रकाशित गरिएको हो । पुस्तककोको नेपाली संस्करण दुई र अङ्ग्रेजी संस्करण एक गरि तीन संस्करण प्रकाशित भैसकेको छ ।
विभिन्न उमेर समूहका नयाँ पुस्ताका विद्यार्थी तथा युवाहरूले सामाजिक संजालको अत्यधिक प्रयोगले पुस्तकको अध्ययन संस्कृतिमा कमी आएको बताउँदै “सय वर्षपछिको भक्तपुर” नामक पुस्तक सामाजिक रीतिरिवाज, चालचलन समयको विकाससँगै आएको शिक्षाको परिवर्तनले सय वर्षअघिको इतिहासलाई जीवन्त तुल्याई पर्यटनको विकासका लागि भक्तपुर मोडेल नेपालभर नै चलाउन मार्गदर्शन हुने बताएका छन् ।
उक्त कार्यक्रम संचालनका लागि गोर्खा ईको प्यानलले प्रायोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here