“देशलाई माया गर्ने विवेकशील नेता पठाऔँ”

0
178


कुमार लघु
अहिलेको चुनावमा देशलाई माया गर्ने र संसदमा समान कानून बनाउने नेताको आवश्यकता छ। विकास आफ्नो जिल्लामा मात्र हाँसुरेर ल्याउने होइन, संसदमा नीति निर्देशन र नेतृत्व गर्न सक्ने व्यक्तित्व चाहिन्छ। बल वा पक्षपातले होइन, बुद्धि, विचार र अनुभवले काम गर्ने उम्मेदवार आवश्यक छ।
जनताले मार्क्सवादी, लेनिनवादी वा अन्य विचारधाराका अनुयायीहरूमध्ये स्वच्छ, अध्ययनशील, दूरदर्शी र विवेकशील व्यक्तित्वलाई मत दिनु पर्छ। विगतमा गुण्डा र व्यापारीहरूको चयनले जनतालाई धोका दिएको अनुभव छ; अब त्यस दोहोरिनु हुँदैन।
संसदमा अपराधी वा गुण्डाशैलीका व्यक्ति होइन, अध्ययनशील, तर्कशील र योजनाबद्ध सोच भएका व्यक्ति आवश्यक छन्। देश–विदेशको इतिहास, राजकाज र राष्ट्रिय नेतृत्वका उदाहरण दिन सक्ने ज्ञानधारी उम्मेदवारलाई जनताले अघि बढाउनु पर्छ। स्थानीय आवश्यकता बुझ्ने र जनताको चाहनालाई प्राथमिकता दिने व्यक्तित्वले मात्र असल काम गर्न सक्छ।
भाइ–बहिनीहरू, असल व्यक्तिलाई अत्यधिक मत दिएर जिताउने जिम्मेवारी हामी सबैको हो। ज्यानमारा, अपराधी र गुण्डालाई मत दिन बहिष्कार गर्नुपर्छ। असल व्यक्तिले मात्र असल नीति, नियम र जनताको चाहना अनुसार काम गर्न सक्छ।
यो सोचसहित हामी देशलाई माया गर्ने नेताहरूलाई संसदमा पठाऔँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here