कविता रोकिन्छ र ?

0
185
कविता रोकिन्छ र ?

आर.के. विद्रोही

कविता वाचनको आशा देखायो,

तर जसरी

चुनावमा दलले

आशा देखायो

तर पुरा गरेन

देश नै भ्रष्ट बनायो,

बेलुनमा हावाको सीमा नाध्यो

त्यसैले जेन्जी जन्म्यो,

देशमा आगो बल्यो,

बेलुन फुट्यो ।

विरातबाट तःमुज्या कसरी जन्मियो ?

इतिहास सुनेको थिए ।

तर दोहरियो फरक ढंगले

फरक यति मात्र देखियो ।

आज व्यक्तिसंग प्रतिशोध साँधियो,

विचारलाई वेवास्ता गर्यो,

जनपक्षिय छ छैन् हेरेन्,

कवितालाई कविको विज्ञापन सम्झ्यो ।

कविता ओकल्न लाग्यो —

मौनताले भित्तामा टेकेर हे¥यो,

घडी रोकियो, माइक मूक बनाइयो ।

म भनें —

“प्रतिशोध होइन,

सत्यको स्वर लेख्दैछु ।”

तर उनीहरू धरमरायो —

किनकि सत्य कहिल्यै डगमगाउँदैन ।

कविता मञ्चमा पुग्नुअघि नै

कविलाई तौलियो,

साहित्य संयोजकलाई पटक पटक सोधें —

“यो अनुमति छ कि छैन ?”

कस्तो विडम्बना !

अन्तिममा नसक्ने क्षमा माग्यो !

किनकी

भाषणको समय चाहियो रे ।

तर कवि रोकिएपनि

कवितालाई कसरी रोकिन्छ र ?

कवि मौन भइसके पनि,

अक्षरहरू भित्ताबाट चिच्याइरहन्छ,

कागजका छेउमा मसी बलिरहन्छ,

र कलम —

अझ तीव्र भएर बिस्तारै बगिरहन्छ ।

प्रतिशोध साटेर कवितालाई रोकिन्छन् भन्थे,

तर कविताले त आगो साटेर उज्यालो छर्छ ।

जसरी नदीको बाटो रोके पनि

अन्ततः समुद्र फेला पार्छ,

त्यसरी नै कविता —

सधैं सत्यको आवाज उठाइ रहन्छ ।

धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here